स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने


  • Himalayan Bank Limited (HBL)
स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने

स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएको छ ।

देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम शुरु हुनेछ ।

कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएको छ । प्लान्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नको लागि ६९० मिटरको उचाईको फाइदा उठाउनेछ । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएको छ ।

Read More