काठमाडौं । बैंकहरूले कर्जामा आकर्षण बढाउनका लागि ब्याजदर एकल अंकमा झारे पनि बंैकहरूलाई कर्जा लगानी गर्न सकस यथावत नै रहेको छ । अहिले बैंकहरूसँग लगानीयोग्य रकम मात्रै साढे ७ खर्ब रुपैयाँभन्दा बढी थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकले निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरे पनि बैंकहरू ७८ प्रतिशतभन्दा माथि उक्लिन सकेका छैनन् ।
विगतमा सहकारीमा जाने निक्षेप रकम सहकारीमा समस्या देखिएसँगै बैंक तथा वित्तीय संस्थामा आउन थालेको र नेपालमा लगानी सुरक्षित छैन भन्ने भाष्य स्थापित गरेकाले कर्जा वितरणमा सकस हुन थालेको बुझाइ बैंकरहरूको रहेको छ ।



