हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रूपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बेचेको छ। गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रूपैयाँले बढी हो।
कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ। आव २०८०/८१ को अवधिमा सात करोड १२ रूपैयाँ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो।


