काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमका लागि दुईओटा ठूला (वाइडबडी) जहाज खरीदमा १ अर्ब ४७ करोड १०) लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले बिहीवार राति फैसला गर्दै जहाज खरीदमा भ्रष्टाचार भएको ठहर गरेको हो ।
अदालतले तत्कालीन निगमका महाप्रबन्धक सुगनरत्न कंसाकार, निगमका तत्कालीन अध्यक्षसमेत रहेका पर्यटन सचिव शंकरप्रसाद अधिकारी, पूर्व अर्थसचिव शिशिर ढुंगाना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो ।
अदालतले सरकारका चार कर्मचारीसहित चारजना विदेशी कम्पनीका विभिन्न व्यक्तिलाई पनि दोषी ठहर गरेको छ।



