बुटवल : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन्।
बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन्। विद्युत प्राधिकरणले पनि उद्योगीहरूले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ।



