सेयर मूल्य उच्चले बढिरहेको विशाल बजार कम्पनीसँग धितोपत्र बोर्डले कारोबारको विवरण मागेको छ।
‘पछिल्ला दिनमा कम्पनीको कारोबार बढिरहेकोले के कसो भएको हो भनेर कारोबारको विवरण मागेका हौं,’ धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने।
केही दिनयता कम्पनीको सेयर मूल्य उच्चले बढेको छ। मंसिर ९ गते प्रतिकित्ता चार हजार एक सय २७ मा कारोबार भइरहेको कम्पनीको सेयर मंसिर १९ गते ६ हजार ८ सय ७४ रूपैयाँसम्म कारोबार भएको थियो।
अघिल्लो साता कम्पनीको तीन करोड ९६ लाख ८ हजार ६ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको थियो। विशाल बजारले ओगटेको जग्गालाई नै सरकारको स्वामित्वको रूपमा सेयरमा परिवर्तन गरेको थियो।



