नेपाल क्लियरिङ हाउसको उप–प्रमुख कार्यकारी अधिकृतमा सैंजू नियुक्त


  • Himalayan Bank Limited (HBL)
नेपाल क्लियरिङ हाउसको उप–प्रमुख कार्यकारी अधिकृतमा सैंजू नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को उप–प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजू नियुक्त भएका छन्।

सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरू लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो कार्य अनुभव छ । उनले एमबीएस तथा एमबीए डिग्री हासिल गरेका छन् । 

सैंजूको अनुभव एवं विज्ञताले कम्पनीलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

एनसीएचएलले ५३ सदस्य बैंक तथा वित्तीय संस्थालाई एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आईपीएस, कर्पोरेट पे, नेपाल पे क्यूआर र ईएफपी सेवा प्रवाह गर्दै आएको छ ।

Read More