बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो


  • Himalayan Bank Limited (HBL)
बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो

२० मंसिर, काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ ।

बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ ।

एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ ।

Read More