एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन्।

Read More