नयाँ दूरसञ्चार सेवा प्रदायक भित्र्याउन सम्भाव्यता अध्ययन


  • Himalayan Bank Limited (HBL)
नयाँ दूरसञ्चार सेवा प्रदायक भित्र्याउन सम्भाव्यता अध्ययन

काठमाडौँ — सरकारले अबको साढे चार वर्षपछि एनसेललाई आफू मातहत ल्याउने तयारी गरिरहेको छ । तर, त्यसो गर्दा नेपालमा दूरसञ्चार सेवाको भविष्य के होला भन्ने प्रश्न उठिरहेको छ ।

हालका दुई प्रतिस्पर्धी सेवा प्रदायक नेपाल टेलिकम र एनसेल गाभिएर एउटै बन्छन्, दुई छुट्टाछुट्टै सरकारी कम्पनीका रूपमा रहन्छन्, सरकारी अक्षमताका कारण एनसेल स्मार्ट टेलिकमजस्तै निष्क्रिय भएर जान्छ वा के हुन्छ ? यिनै अनुत्तरित प्रश्नबीच सरकारले नयाँ दूरसञ्चार सेवा प्रदायक भित्र्याउने सम्भावनाको खोजी थालेको छ । त्यसका लागि अध्ययन गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समिति बनाएको छ ।

Read More