एकैपटक एक क्विन्टल सुन आयात, वितरण रोकिँदा बजारमा समस्या


  • Himalayan Bank Limited (HBL)
एकैपटक एक क्विन्टल सुन आयात, वितरण रोकिँदा बजारमा समस्या

मूल्य घटेपछि सुनको माग निकै बढेको छ।

सरकारले एकै पटक १० प्रतिशत विन्दुले भन्सार महसुल घटाएको तथा अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा कमी आएको कारण स्थानीय बजारमा १८/१९ हजार रूपैयाँले घटेको छ।

यसपछि ग्राहकको चासो निकै बढेपछि सुन अभावको कारण बिक्री गर्न नसकिएको दाबी व्यवसायीहरूको छ।

'ग्राहकहरू आइरहनु भएको छ तर हामीले रित्तै हात पठाएका छौँ, पहिले अर्डर (सोही दिनको मूल्यमा पछि दिने गरी) पनि लिएका थिएनौं, अहिले केही अर्डर लिएका छौँ,' सुनचाँदी व्यवसायी तेजरत्न शाक्‍यले बताए।

Read More