किन बढी देखियो बैंकमा ‘शंकास्पद’ कारोबार ?


  • Himalayan Bank Limited (HBL)
किन बढी देखियो बैंकमा ‘शंकास्पद’ कारोबार ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले ०७६ सालबाट आपराधिक एवं अवैधानिक बाटोबाट हुने कारोबार नियन्त्रण गर्न ‘गो एएमएल’ प्रणाली लागू गर्‍यो। वाणिज्य बैंकबाट सुरु गरिएको यो प्रणाली विकास बैंक हुँदै लघुवित्त र क्यासिनोसम्म लागू गरियो। यो प्रणाली लागू भएपछि शंकास्पद वित्तीय कारोबार बढ्दै गएको देखिएको छ। गत आर्थिक वर्षमा मात्रै २३.६४ प्रतिशत बढी कारोबार ‘शंकास्पद’ देखिएको छ। राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिमा उल्लेख्य वृद्धि भएको हो। आपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम घटाउन ‘गो एएमएल’ प्रणाली कार्यान्वयनमा ल्याइएको हो। 

Read More