काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धिधत २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।
आयोजनाको पावर प्लान्ट र इन्टरकनेक्सन फ्यासिलिटीहरुको परिक्षण कार्य सम्पन्न भएसँगै गएको कात्तिक २७ गते देखि आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।



