काठमाडौँ, मङ्सिर १९ गते । निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ प्रतिशतले घटेको छ । गत असारमा ८.८ प्रतिशत रहेको बैङ्कको आधार दर मङ्सिरमा ७.३२ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत आधारदर ७.४४ प्रतिशत रहेको थियो ।



