बिमामा आकर्षण बढ्दै


  • Himalayan Bank Limited (HBL)
बिमामा आकर्षण बढ्दै

काठमाडौं । जीवन बिमा र निर्जीवन बिमातर्फ आकर्षण बढ्दै गएको छ । विगत चार महिनामा जीवन बिमा र निर्जीवन बिमातर्फ गरी करिब ७० अर्ब रुपैयाँबराबरको बिमा भएको हो ।

नेपाल बिमा प्राधिकरणका अनुसार चार महिनामा जीवन बिमातर्फ कुल ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँको बिमा भएको छ । कुल १ करोड ३८ लाख ४ हजार ६ सय ४७ जीवन बिमालेख सक्रिय रहँदा ५३ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी कुल बिमा शुल्क उठेको हो । यो बिमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बिमकहरूले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

Read More