चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ५३ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले चालु आवको पहिलो चार महिनाको तथ्यांक सार्वजनिक गर्दै बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४९ हजार बढी बीमालेख बिक्री गरी उक्त शुल्क संकलन गरेको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ एक्लैले १५ अर्ब ४० करोड रुपैयाँ संकलन गर्दा नेशनल लाइफले ६ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । १४ लाइफ इन्स्योरेन्स मध्ये ४ महिनाको अवधिमा सबैभन्दा कम सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ ।
यस्तै यसै अवधिमा लाईफ इन्स्योरेन्स कर्पोरेसनले ६ अर्ब ५ करोड रुपैयाँ बीमशुल्क संकलन गर्दा हिमालयन लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोछ । प्राधिकरणका अनुसार यस अवधिमा सुर्यज्योतिले ३ अर्ब २५ करोड, एशियन लाइफले २ अर्ब ७४ करोड, सानीमा रिलायन्सले २ अर्ब ५ करोड, सिटिजन लाइफले २ अर्ब १९ करोड र मेट लाइफले १ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।



