प्राइभेट इक्विटीमा साढे १३ अर्ब रूपैयाँ लगानी, यस वर्ष ७ अर्ब थपिने अनुमान


  • Himalayan Bank Limited (HBL)
प्राइभेट इक्विटीमा साढे १३ अर्ब रूपैयाँ लगानी, यस वर्ष ७ अर्ब थपिने अनुमान

बैंकिङ पहुँच नपुगेका र व्यवसाय विस्तार हुँदै गरेका कम्पनीहरूको सेयरमा गरिने एउटा लगानी माध्यम प्राइभेट इक्विटी मार्फत हालसम्म नेपालमा करिब १३ अर्ब ५० करोड रूपैयाँ (१० करोड १० लाख अमेरिकी डलर) भन्दा धेरै लगानी भएको छ। ९६ वटा लगानी सम्झौता अन्तर्गत यस्तो लगानी भएको हो।

कृषि व्यवसाय, अटोमोबाइल्स (विद्युतीय गाडी), शिक्षा, स्वास्थ्य, प्रविधि, उत्पादनमूलक लगायत विभिन्न क्षेत्रमा लगानी भएको हो।

गत वर्ष मात्रै यो माध्यमबाट चार अर्ब रूपैयाँभन्दा बढी (३ करोड ५० लाख डलर) लगानी भएको थियो। चालु आर्थिक वर्षमा करिब सात अर्ब रूपैयाँ (पाँच करोड डलर) लगानी हुने प्रक्षेपण नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अनुमान छ।

Read More