काठमाडौँ — साढे तीन दशकअघि सञ्चालनमा आएको अमलेखगन्ज इन्धन डिपो अब पूर्ण अटोमेसनमा जाने भएको छ । दोस्रो चरणअन्तर्गत पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न नेपाल आयल निगमले थप चारवटा ट्यांकी, लोडिङ–वे, अत्याधुनिक प्रयोगशालालगायत पूर्वाधार निर्माण गरेसँगै डिपो अटोमेसनमा जान भएको हो ।
लोडिङमा पूर्ण अटोमेसन गर्न २४ वटा ‘लोडिङ–वे’ निर्माण गरिएको अमलेखगन्जस्थित निगमको प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जनाए ।


