सिमेन्ट भाउमा उद्योगीको मिलेमतो, बढाए २० प्रतिशत


  • Himalayan Bank Limited (HBL)
सिमेन्ट भाउमा उद्योगीको मिलेमतो, बढाए २० प्रतिशत

१६ मंसिर, काठमाडौं । उद्योगीले मिलेमतोमा सिमेन्टको भाउ तय गरेका छन् । उनीहरूले सिमेन्टको भाउ बोरामा १ सय रुपैयाँले बढाएको एक व्यवसायीले जानकारी दिए ।

यसअघि सिमेन्टको भाउ सरदर प्रतिबोरा ५ सय रुपैयाँ रहेकोमा अहिले ६ सय पुगेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले बताए ।

सिमेन्ट उत्पादक संघको पहलमा उद्योगीले भाउ बढाएका हुन् । यसरी धेरै उत्पादकले मिलेमतोमा कुनै वस्तुको मूल्य तय गर्ने कार्यलाई ‘कार्टेलिङ’ भनिन्छ ।

Read More