काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडले रिलायबल समृद्धि योजना सञ्चालन गर्ने भएको छ ।
रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।



