भारतीय निर्माण क्षेत्रमा नेपाली इँटा प्रयोग, झापा र सुनसरीबाट निर्यात शुरू


  • Himalayan Bank Limited (HBL)
भारतीय निर्माण क्षेत्रमा नेपाली इँटा प्रयोग, झापा र सुनसरीबाट निर्यात शुरू

विराटनगर । नेपालका दुई पूर्वी जिल्लाहरू— झापा र सुनसरीबाट भारतमा मेशिन मेड (चाइनिज) इँटा निर्यातको प्रक्रिया थालिएको छ । यसले नेपाली उद्योगका लागि नयाँ बजार र अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ । झापाको मेचीनगर–१५ स्थित सरिया ग्रीन ब्रिक इन्डस्ट्रिज प्रालि र सुनसरीको तावाचे ब्रिक एन्ड टायल्स उद्योगले हालै भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा इँटा निर्यात गर्न थालेका छन् । 

यी उद्योगको निर्यातले भारतको उत्तरी क्षेत्र, विशेष गरी पश्चिम बंगाल, आसाम, मेघालय र विहारमा इँटाको कम आपूर्ति र बढ्दो मागलाई सम्बोधन गर्दै नेपाली उत्पादनको लागि नयाँ अवसर सृजना गरेको छ ।

कोशी प्रदेशमा अहिले ८० ओटा इँटा उद्योग छन् । तीमध्ये ४० ओटा सञ्चालनमा रहेका छन । वार्षिक १६ करोड इँटा उत्पादन भइरहेको व्यवसायीको भनाइ छ । इँटा उद्योगमा १६ हजार मजदूर काम गर्छन्, जसमा ८० प्रतिशत पश्चिम बंगालको कुचविहारबाट प्रत्येक वर्ष हिउँदमा आएर काम गर्छन् र वर्षा शुरू हुनासाथ फर्कन्छन् । वार्षिक रूपमा ३ अर्ब १६ करोड रुपैयाँ बराबर कारोबार इँटा उद्योगहरूले गर्छन् । 

Read More