सरकारले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर अर्थात् करिब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।


