काठमाडौं : नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को ११ औं महिना (नोभेम्बर) मा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यसअघि सन् २०२३ को अक्टोबरमा १ लाख ८ हजार ६३० जना पर्यटक भित्रिएका थिए । नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् ।
सो अवधिमा भारतबाट सबैभन्दा धेरै १९ हजार ९१५ पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट १० हजार९८१, चीनबाट ९ हजार ४५८, बेलायतबाट ६ हजार ६११ र बंगलादेशबाट ५ हजार १४८ जना पर्यटक नेपाल आएका छन् ।



