'असम्बन्धित' कम्पनीबाट बक्यौता उठाउनेबारे प्राधिकरणको पछिल्लो पत्र विवादमा


  • Himalayan Bank Limited (HBL)
'असम्बन्धित' कम्पनीबाट बक्यौता उठाउनेबारे प्राधिकरणको पछिल्लो पत्र विवादमा

विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगहरूमा सेवा रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई पत्र पठाएपछि सम्बन्धित उद्योगी-व्यवसायीले आपत्ति जनाएका छन्।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत बुधबार यी निकायमा पत्राचार गर्दै यस्तो आग्रह गरेका थिए।

उद्योगी पवन गोल्यानले रिलायन्स स्पिनिङ मिलको बक्यौता नतिरेकाले गोल्यानको लगानी रहेको जलविद्युत आयोजनाबाट बक्यौता असुल गरिने भन्दै प्राधिकरणले प्योर इनर्जी लिमिटेडलाई पत्र पठाएको छ। त्यस्तै पशुपति मुरारकाको सेयर रहेको मोदी हाइड्रो आयोजनाबाट पनि बक्यौता असुल गर्ने तयारी प्राधिकरणको छ। 

Read More