१५ जडीबुटी चीन निर्यातका लागि प्रारम्भिक प्रक्रिया शुरू


  • Himalayan Bank Limited (HBL)
१५ जडीबुटी चीन निर्यातका लागि प्रारम्भिक प्रक्रिया शुरू

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा नेपालका १५ प्रकारका जडीबुटी चीनले आयात गर्ने भने पनि ती जडीबुटी हालसम्म नेपालबाट निर्यात हुन सकेको छैन । सरकारी अधिकारीका अनुसार नेपाली जडीबुटी चीन निकासीका लागि अहिले चिनियाँ क्वारेन्टाइन मापदण्ड पूरा गर्ने गरी काम अघि बढिरहेको छ । चिनियाँ प्रतिनिधिसमेत यहाँ आएर नेपाली जडीबुटी आयात गर्न योग्य छ/छैन अध्ययन गरेको उनीहरूले जानकारी दिए । चीन जडीबुटीको सबैभन्दा ठूलो उत्पादक र निर्यातक देश हो ।

२०८० असोज पहिलो साता भएको तत्कालीन प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा जडीबुटी निर्यातका लागि दुई देशले फाइटोसेनेटरी प्रोटोकलमा हस्ताक्षर गरेका थिए ।

नेपालबाट चीनमा कृषि र औषधिजन्य जडीबुटी निर्यातका लागि क्वारेन्टाइनसम्बन्धी प्रतिबन्धहरू प्रमुख अवरोधका रूपमा देखा परेकाले अहिले तिनै प्रोटोकल पूरा गर्ने गरी काम अगाडि बढाइएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए ।

Read More