१६ मंसिर, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज सवा दुई वर्षमा शतप्रतिशतभन्दा धेरै बढेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष (आव) २०८०/८१ को असोज मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरूले परिपक्व भएर उठाउन नसकेको ब्याज करिब १ खर्ब ३६ अर्ब पुगेको छ
तथ्यांक अनुसार असोज २०८१ सम्म बैंकहरूको उठ्न नसकेको बक्यौता ब्याज १ खर्ब ३५ अर्ब ८३ करोड २१ लाख रुपैयाँ छ । असोज २०८० मा १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख थियो । यो भनेको एक वर्षमा १२.८ प्रतिशत बढी हो ।



