आर्थिक राशिफल : मङ्सिर १६ गते आइतबार, मार्गशीर्ष कृष्णपक्ष औँसी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : मङ्सिर १६ गते आइतबार, मार्गशीर्ष कृष्णपक्ष औँसी तिथि

मङ्सिर १६ गते आइतबार, मार्गशीर्ष कृष्णपक्ष औँसी तिथि

मेष
नयाँ लगानीको लागि समय उचित देखिंदैन। पुरानै काममा ध्यान दिँदा राम्रो हुन्छ। 

वृष
साझेदारी काममा प्रगति र पति वा पत्नीको सहयोगले काम बन्न सक्नेछ। 

मिथुन 
आम्दानी बढ्नेछ भने धनको पनि संग्रह हुन सक्छ। पुरानो लेनदेन मिल्न सक्छ। 

कर्कट 
शुभचिन्तक तथा मान्यजनको सल्लाहले रोकिएको काम बन्न सक्छ। 

सिंह 
खर्च बढ्न सक्ने र सहकर्मीसंग विवाद हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। 

कन्या 
आम्दानीमा वृद्धि हुन सक्ने र आम्दानीको नया तरिका मिल्नेछ।  

तुला 
खर्च बढ्न सक्ने र काममा समस्या आउन सक्नेछ।  

वृश्चिक 
नयाँ व्यवसायमा लगानी गर्ने र मानसम्मान पाउने समय रहेको छ 

धनु 
अप्रत्यक्ष समस्याले काममा रोकावट ल्याउन सक्छ। 

मकर 
आम्दानी बढ्ने र साथीभाईको सहयोग प्राप्त हुन सक्छ। 

कुम्भ 
रचनात्मक कामहरु गर्ने समय छ भने काममा उच्चपद वा नँया जिम्मेवारी मिल्न सक्नेछ।  

मीन 
सिर्जनात्मक कामबाट अरुलाई प्रभावित पार्न सकिन्छ। आयआर्जन सामान्य बढ्न सक्छ।