धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् । नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए। उनी २०८१ जेठ १७ गतेदेखि बोर्डको प्रवक्ता थिए।

Read More