गत असोज ११ गतेको अविरल वर्षापछिको बाढी पहिरोको क्षतिको करिब १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। जसमा ७८ करोड रुपैयाँ मात्रै भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणकाअनुसार मङ्सिर १२ गतेसम्म बीमा कम्पनीले उपलब्ध गराएको विवरणअनुसार तीन हजार ५ सय २९ वटा निवेदनबाट १२ अर्ब २६ करोड ४ लाख ६२ हजार ६६ बराबरको बिमा दाबी परेको छ। तर मङ्सिर १२ गतेसम्म रु ७८ करोड ९३ लाख बराबरको दाबी भुक्तानी भएको छ ।


