सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री अधिकारी


  • Himalayan Bank Limited (HBL)
सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको बताए ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । उनले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताए । उनले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको बताए ।

उनले कर्मचारीलाई उपदान दिनुपर्ने ८ करोड ३८ लाख,कर्मचारी तलव ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख,कर्मचारी तलव १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख बाँकी रहेको बताए। उनले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताए । उनले सरकारले बिहीवारको मन्त्रीपरिषद्बारा उखुको समर्थन मूल्य तोक्ने बताए । उनले बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको बताए ।

Read More