कानुन विपरीत राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारलाई कुलमानको पत्र


  • Himalayan Bank Limited (HBL)
कानुन विपरीत राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारलाई कुलमानको पत्र

१३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने नाममा कानुनमै नभएको अभ्यास गर्दै नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा बैंक खाता रोक्का गर्न राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै पत्र लेखेका छन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योग सञ्चालकले स्थापना गरेको कम्पनी समेतलाई आईपीओको अनुमति नदिन पत्राचार गरेका छन् ।

Read More