काठमाडौं : आइएमई लिमिटेडले गत वर्ष (सन् २०२४) मा ७८ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ३.२० प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले ८१ करोड २० लाख, सन् २०२२ मा ९६ करोड ८० लाख, सन् २०२१ मा ७९ करोड ४० लाख र सन् २०२० मा ९३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
आइएसई लिमिटेड देशको अग्रणी रेमिटेन्स कम्पनीहरुमध्ये एक हो । यो कम्पनी आइएमई समूहद्वारा प्रवर्धित गरिएको हो । जसले नेपालको विभिन्न व्यवसायिक क्षेत्रहरुमा उपस्थिति जनाउँदै आएको छ । आइएमई लिमिटेड सन् २००१ मा निजी लिमिटेड कम्पनीको रुपमा स्थापना भएको थियो र सन् २०१४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।



