काठमाडौँ । यही कार्तिक २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम विद्युतको बक्यौता उठाउनेलगायतका निर्णयहरू यथास्थितिमा राख्न विद्युत् नियमन आयोगले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दियो ।
मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको प्रतिवेदन नआउँदासम्म अन्य निर्णय नगर्न भनिएको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले रातोपाटीलाई बताए ।



