काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् । कम्युनिस्ट पार्टीहरू सम्झौतामा हस्ताक्षर गर्नुपर्ने पक्षमा उभिएका छन् । कांग्रेस र मधेसवादी दलहरू हस्ताक्षर गर्न नहुने पक्षमा रहेका छन् ।
कांग्रेस र मधेसवादी लिन नहुनेमा अडिग
बीआरआई परियोजनाअन्तर्गत ऋण लिएर नभई अनुदान भए मात्रै सम्झौतामा हस्ताक्षर गरेर स्वीकार गर्नुपर्ने कांग्रेस र मधेसवादी दलका नेताहरू बताउँछन् । तर, कम्युनिस्ट पार्टीका नेताहरू ऋण वा अनुदान जे भए पनि सम्झौतामा हस्ताक्षर गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री ओली यही १७ देखि २० मंसिरसम्म चीन भ्रमणमा जाँदै छन् । यद्यपि, सरकारले उनको भ्रमण’bout औपचारिक धारणा सार्वजनिक गर्न बाँकी नै रहेको छ । सत्तारूढ दलकै बीचमा बीआरआई परियोजना’bout एकमत छैन ।



