विदेशका अपरिचित नम्बरबाट धमाधम आउन थाल्यो कल, नउठाउन र कलब्याक नगर्न प्राधिकरणको आग्रह


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशका अपरिचित नम्बरबाट धमाधम आउन थाल्यो कल, नउठाउन र कलब्याक नगर्न प्राधिकरणको आग्रह

साउन ९, काठमाडौं (अस) । पछिल्लो समय विदेशका अपरिचित नम्बरबाट नेपालमा कल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केहीदिन यता ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल आउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै यस्ता फोनहरू हत्तपत्त नउठाउन भनेको छ ।

विदेशका अपरिचित नम्बरहरुबाट आउने मिसकलमा कलब्याक नगर्न प्राधिकरणले आग्रह गरेको हो । कतिपय मोबाइल प्रयोगकर्ताले यस्तो फोन कल आउँदा रातो देखिने गरेको र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ ।

प्राधिकरणका अनुसार यसरी विदेशका अपरिचित नम्बरबाट आउने कल विशेष गरी प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ । प्राधिकरणले यसको रोकथामका लागि दूरसञ्चार सेवाप्रदायकहरूलाई निर्देशन दिइसकिएको जानकारी गराएको छ ।

Read More
  • MBL - below news