एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान


  • Himalayan Bank Limited (HBL)
एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

१२ मंसिर, काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २ सय ९७ किलोिमटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।

एमसीए- नेपालले आज एक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो ।

यसअघि गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।

Read More