अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै


  • Himalayan Bank Limited (HBL)
अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै

काठमाडौं । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३६ अर्ब ४ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९० करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अहिलेसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नुलाई खतराको रूपमा लिइन्छ । चालू आवका लागि सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गर्दा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको ऋण २५ खर्ब १८ अर्ब पुग्यो

फेरि पनि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सामान्यतया विकास खर्चका लागि ऋण लिनुपर्नेमा सरकारले ऋण तिर्नकै लागि ऋण लिने नीति बजेटमार्फत नै गरेको छ । वित्तीय व्यवस्था भनेको लिएको ऋण र साँवा तिर्नका छुट्याएको बजेट हो । अहिले सरकारले पुँजीगत खर्च १० प्रतिशत मात्र गर्न सकेको छ भने वित्तीय व्यवस्थातर्फ २८ प्रतिशत पु¥याएको छ ।

Read More