डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन


  • Himalayan Bank Limited (HBL)
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद : बिजुली नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

काठमाडौँ — विद्युत् नियमन आयोगले उद्योगमा बिजुली नकाट्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले मंगलबार चारबुँदे पत्र पठाउँदै बक्यौता नबुझाउने उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो ।

लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । प्राधिकरणले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन दिएको अवधि बुधबार सकिँदै छ ।

Read More