नयाँ भन्सार दरले सुन व्यवसाय विचौलिया र कालोबजारीको हातमा पुग्ने व्यवसायीको चिन्ता


  • Himalayan Bank Limited (HBL)
नयाँ भन्सार दरले सुन व्यवसाय विचौलिया र कालोबजारीको हातमा पुग्ने व्यवसायीको चिन्ता

सरकारले सुनको आयातमा कायम गरेको नयाँ भन्सार दरले सुन व्यवसाय विचौलिया र तस्करको हातमा पुग्नेमा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। भारतको भन्दा करिब ५ प्रतिशत भन्सार बढी हुनुपर्नेमा त्यस्तो नभएकाले तस्कर र बिचौलियाको हातमा सुन व्यवसाय पुग्ने निश्चित भएको भन्दै व्यवसायीले चिन्ता ब्यक्त गरेका हुन्। 

मन्त्रिपरिषदले सुन आयातको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ। तर भारतमा भन्सार दर ९ प्रतिशत रहेको छ। एक प्रतिशतको भन्सार दर फरक हुँदा बैंकहरुले आयात गरेको सुन सिमित व्यक्तिले मात्रै पाउँदा चिन लगायतका देशबाट तस्करीको बाटोबाट आउने सुनको उपभोग गर्नुको विकल्प नहुने व्यवसायीको भनाई छ। 

Read More