काठमाडौँ — सामाजिक सुरक्षा कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई यसमा आबद्ध गराउँदै आएको छ ।
कोषका कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार आन्तरिक श्रम बजारमा रहेका १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार ३ सय ८८ श्रमिकलाई आबद्ध गराएको हो । त्यस्तै वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिक पनि यसमा आबद्ध छन् ।


