पाकिस्तानको सेयर बजार इतिहासकै उच्च विन्दुमा, इन्डेक्स १ लाख अंक नजिक


  • Himalayan Bank Limited (HBL)
पाकिस्तानको सेयर बजार इतिहासकै उच्च विन्दुमा, इन्डेक्स १ लाख अंक नजिक

काठमाडौं : पाकिस्तानको सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसइ १००’ सूचकांक ९९ हजार ८२० विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो समाचार तयार पार्दै गर्दा (१२:१० बजे) सूचकांक करिब १ लाख विन्दु पुगेको हो । यो क्लोजिङको आधारमा हालसम्मकै उच्च हो । 

पाकिस्तानको बजार सन् २०२४ मा विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने बजारहरुमा गनिएको छ । यो ऐतिहासिक उपलब्धि विभिन्न कारणहरुको परिणाम हो । देशको आर्थिक स्थिरता उल्लेखनीय रुपमा सुधारिएको छ । सरकारी नीतिहरुले वित्तीय असन्तुलन घटाउनुका साथै चालु खाता नाफामा पुर्‍याएको छ । यी सुधारहरुले विदेशी प्रत्यक्ष लगानी आकर्षित गरेको जसले लगानीकर्ताहरुको विश्वासलाई पुनर्स्थापित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्येमहरुले जनाएका छन् ।

Read More