धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’


  • Himalayan Bank Limited (HBL)
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सिफारिस समितिले उनीसहित बोर्डका दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई सिफारिस गरेको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठले वित्तीय क्षेत्रमा दख्खल राख्छन् । उनी केही महिना अघिसम्म तिलोत्तममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको अध्यक्षको रुपमा काम गर्थे । यसमा श्रेष्ठले करिब ७ वर्ष अध्यक्षको रुपमा काम गरे । 

Read More