भटमास तेल निर्यात वृद्धि १७१४ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
भटमास तेल निर्यात वृद्धि १७१४ प्रतिशत

काठमाडौं– भारतले नेपालमा उत्पादित खाने तेलप्रति खुकुलो नीति अख्तियार गरेसँगै निकासी बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारततर्फ ९४ करोड ८ लाख रुपैयाँबराबरको भटमासको तेल निर्यात भएको छ । परिमाणको हिसाबले यो निकासी सामान्य भए पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने अर्थपूर्ण छ ।

गत आर्थिक वर्ष २०८०–८१ को असोजसम्ममा ५ करोड १८ लाखको भटमासको तेल निर्यात भएकोमा चालु आवमा यसको झन्डै १८ गुणा बढी निकासी भएको छ । गत आर्थिक वर्षभरिमा जम्मा ९० करोड १८ लाख रुपैयाँबराबरको भटमासको तेल भारत निर्यात भएको थियो । चालु आवको तीन महिनामै यसभन्दा बढी निकासी भइसकेको छ ।

Read More