नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न 'नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज' स्थापना गरिएको छ।
सामाजिक सेवामूलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ।
प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति थियो।



