काठमाडौं : राजश्व संकलनको लागत वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०-०८१ मा सरकारले १ हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ८४ पैसा खर्च भएको देखिएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर संकलन लागत ४६ पैसाले बढेको छ ।
विभागका अनुसार आ.व. २०७९-०८० मा प्रतिहजार कर संकलन लागत ३ रुपैयाँ ३८ पैसा रहेको थियो । आर्थिक वर्ष २०७६-०७७ मा प्रतिहजार कर संकलन लागत ३ रुपैयाँ ६२ पैसा रहेकोमा उक्त संकलन लागत घट्दै आ.व. २०७९-०८० मा प्रतिहजार २ रुपैयाँ २३ पैसासम्म पुगेको देखिन्छ । त्यसपछिका २ आर्थिक वर्षको कर संकलनको लागत निरन्तर बढेको छ ।


