हालै गैरआवासीय नेपालीका लागि मात्रै आइपिओ (प्राथमिक सेयर निस्कासन) गर्न र दोस्रो बजारमा पनि सोही वर्गले मात्रै कारोबार गर्न सक्ने अवधारणा सहित नीति तयार भयो।
धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिकामा भएको आठौं संशोधनले सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले यसरी सेयर जारी गर्न सक्ने र बजारमा कारोबार गराउन सक्ने व्यवस्था गरेको छ।
यो अवधारणा अनुसार दोस्रो बजारमा सेयर कारोबार गराउन भने समस्या हुन सक्ने देखिएको छ।



