आज बस्ने मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्ने


  • Himalayan Bank Limited (HBL)
आज बस्ने मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्ने

लामो समयदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आज नियुक्ति हुनसक्ने सम्भावना रहेको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नेछ।

मंसिर ९ गते, आइतबार, बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरिसकेको स्रोतले बताएको छ। स्रोतका अनुसार समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाफा सिफारिस गरेको छ। यी तीनजना मध्ये एक जनालाई आज बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने सम्भावना रहेको छ।

Read More