काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति पाएको हो । यस इन्सुरेन्सले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।



