सुनचाँदीमा भन्सार महसुल घटेको छ। शुक्रबारको मन्त्रीपरिषदको बैठकले सुनचाँदीको भन्सार महसुल घटेको अर्थमन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।


