काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तरवार्तामा दुई जना मात्रै उपस्थित भएका छन् । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये अधिकारी र कार्की मात्रै उपस्थित भएका हुन् ।
चापागाईँ भने आज पनि अनुपस्थित रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि बोलाएर स्थगित भएको अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् । छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो ।



